काठमाडौं, १९ कात्तिक । नेपालकी सात वर्षीया बालिका प्रिन्शा खड्काले टिभि स्टार्ट इन्टरनेशनल फेस्टिभलले अनलाइनमार्फत आयोजना गरेको अन्तर्राष्ट्रिय ब्युटी एण्ड प्याजेन्ट शोमा ‘गोल्डेन क्विन’ को उपाधि जित्न सफल भएकी छिन् ।
उक्त प्रतियोगितामा विश्वभरबाट १६ देशका ४० जना प्रतिस्पर्धीहरु सहभागी थिए । जसमध्ये नेपालको प्रतिनिधित्व गर्दै भाग लिएकी प्रिन्शा खड्काले सबैलाई पछि पार्दै उपाधि जितेकी हुन् । मंगलबार टिभी स्टार्ट फेस्टिवलले गोल्डेन क्विन अफ द टिभी स्टार्ट वल्ड २०२० घोषणा गरेको हो ।
अनलाइनमार्फत विभिन्न चरणमा सम्पन्न प्रतिष्पर्धामा उक्त सफलता प्रिन्शाले हात पारेकी हुन् । प्रतियोगितामा प्रिन्शाको विभिन्न भिडियो र तस्बिरहरु प्रतिष्पर्धाको लागि आयोजकलाई उपलब्ध गराइएको थियो ।
कार्यक्रमको संयोजन नेपालस्थित मोर्निंग ग्लोरी इन्टरटेनमेन्ट र मोहना मोथे खनालले गर्नु भएको थियो । प्रिन्शाले दुई महिनाअघि मात्र साउथ युरोपको बुल्गेरियामा अनलाइनमार्फत आयोजित ‘प्रिन्स एण्ड प्रिन्सेस अफ द वल्ड २०२०’ मा नेपालको प्रतिनिधित्व गर्दै फस्ट प्लेस ‘गोल्ड प्रिन्सेस अफ द वल्ड २०२०’ को उपाधी सँगै स्पेसियल अवार्ड अफ द फेस्टिवल अन्तर्गत ‘प्रिन्सेस ओर्जिनालिटी’ अवार्ड पनि जितेकी थिइन ।
रुकुमकी प्रिन्शा खड्काले यसअघि नेपालमा आयोजित ‘क्विक्स मिनी लिटल च्याम्प नेपाल २०१९’ लगायत धेरै टाइटल जितिसकेकी छिन् ।हाल काठमाडौमा कक्षा दुईमा अध्ययनरत प्रिन्शा नृत्य तथा गायनमा पनि उत्तिकै अब्बल छिन् ।
विलक्षण प्रतिभाकी धनी प्रिन्शाले नारायण रायमाझीको ‘कारगिल भाग २’ को म्युजिक भिडियोमा बाल कलाकारको रुपमा अभिनय गरेकी छिन् भने अन्य दर्जन बढि म्युजिक भिडियोहरुमा बाल कलाकारको रुपमा अभिनय गरिसकेकी छिन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।