काठमाडौं, ४ मंसिर । रेडियो काठमाडौं र डीएआर मुभिजको सहकार्यमा रेडियो काठमाण्डुको कार्यक्रम ईन्द्रेणीको बसाईमा “खोजि आवाजको” पहिलो चरणको विजेता सुर्खेतका धिरेन्द्र सलामी मगर र अछामकी पवित्रा खड्का भएका छन् ।
लोक गीत, दोहोरी गाउने क्षमता भएकाहरुका लागी रेडियोको माध्यमबाट नयाँ कलाकारको खोजी अभियान सुरु गरिएको डीएआर मुभिजका सदस्य राजाराम गौतमले बताए ।
विजेताहरूलाइ एक्सन स्टुडियो नेपालले एउटा गीत रेकर्ड गर्ने अवसर दिनेछ र त्यस गीत बजार व्यवस्थापन डिएआर मुभिजले गर्नेछ । विजयी प्रतियोगीले विजेता भएको मितिले १ महिनाभित्र गीत रेकर्ड गराउन स्टुडियोमा सम्पर्क गरिसक्नुपर्ने गौतमले जानकारी दिए ।
देशभरका एक सय भन्दा बढी रेडियो एफ एमहरूबाट एकै साथ प्रशारणा हुने कार्यक्रम ईन्द्रेणी मार्फत देशभरका लोक गीत प्रेमीहरूले कार्यक्रममा सहभागिता जनाएका थिए ।
कार्यक्रमको सञ्चालन ईन्द्रेणीका सञ्चालक चर्चित कार्यक्रम प्रस्तोता तथा रेडियो काठमाण्डुका स्टेशन म्यानेजर चन्द्रमणी गैतमले गर्ने गरेका छन् । “खोजी आवाजको” प्रतियोगीताको निर्णायकमा लोक दोहोरी गाएक तथा श्रष्टा घमेश दुलाल र प्रभावन जे रहेका छन् ।
पहिलो रेडियो अडिसनमा सीता मगर भोजपुर, धनराम परियार काठमाडौं, उपेश परियार दाङ, महेश दवाडि काठमाडौं, छिना गुरूङ भोजपुर र पृथ्विराज बडुवाल साउदी अरेवियाबाट सहभागी भएका थिए । धनराम परियार र सीता मगर पहिलो अडिसनबाट छनौट भएका थिए ।
यस्तै दोस्रो रेडियो अडिसनमा कैलास कैनी डडेलधुरा, थामी मगर प्युठान, रमेश विश्वकर्मा गुल्मी, बबिता पुन रोल्पा, पवित्रा खड्का अछाम र स्वोता सुनार गुल्मीबाट सहभागी भएका थिए । कैलास कैनी र पवित्रा खड्का अडिसनबाट छनौट भएका थिए ।
यस्तै तेस्रो रेडियो अडिसनमा पूर्ण कुमार तिवारी काठमाडौं, पवित्रा आले मगर काठमाडौं, नविन बोहरा डोटी, कल्पना मगर सल्यान, पासाङ शेर्पा भोजपुर र धिरेन्द्र सलामी मगर सुर्खेतबाट सहभागी भएका थिए । धिरेन्द्र सलामी मगर र पूर्ण कुमार तिवारी अडिसनबाट छनौट भएका थिए ।
तीन अडिसनबाट ६ जना छानिएका थिए । जसमा धनराम परियार, सीता मगर, पवित्रा खड्का र धिरेन्द्र सलामी मगर रहेका थिए । फाइनलमा प्रतिस्पर्धाबाट सुर्खेतका धिरेन्द्र सलामी मगर र अछामकी पवित्रा खड्का विजयी भएकी हुन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।