काठमाडौं, २३ मंसिर । गायक भीम श्रेष्ठको नयाँ गीत ‘माझी दाई’को म्युजिक भिडियो सार्वजनिक भएसँगै चर्चा सुरु भएको छ । गायिका अस्मिता अधिकारी र भीमको आवाजमा रहेको ‘माझी दाई’मा फराज अर्पणको शब्द तथा संगीत रहेको छ ।
प्रेम र रोमान्सका दृश्यहरु प्रस्तुत गरिएको सार्वजनिक भिडियोमा लाहुरे युवकले आफू एक्लो भएको कुरा सांकेतिक तरिकाले युवतीलाई राख्छन् । प्रेम, रोमान्स तथा माझीदाईले माछा मारिरहेका रमाइला दृश्यसहित वियोगान्त प्रेम कथाले भरिएको भिडियोमा गायक भीम र स्मृति श्रेष्ठको अभिनय रहेको छ ।
माझी दाईले खोलामा जालो हानेको हेरेर बसिरहेकी कान्छीको फोटो खिच्दा नजिकिएकी युवतीसँग गरिएको रोमान्टिक कुराकानीलाई निर्देशक फराज अर्पणले गज्जबसँग प्रस्तुत गरेका छन् ।
भिडियोको छायांकन अनिल कटुवाल र फराज अर्पणले गरेका हुन् । फराज अर्पण र सतिज श्रेष्ठको सम्पादन रहेको गीतको एरेन्ज बिजेश्वर तण्डुकारले गरेका हुन् ।
[embedded content]
राजेश्वर तण्डुकारको मिक्सिङ/मास्टरिङ रहेको गीतको भिडियोमा सतिज श्रेष्ठको कलर रहेको छ । सार्वजनिक भिडियोलाई गायक श्रेष्ठकै अफिसियल युट्यूव च्यानलबाट बजारमा ल्याइएको हो ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।