काठमाडौं, २७ मंसिर । बलिउड अभिनेत्री आर्या बनर्जीको निधन भएको छ । सुपरहिट फिल्म ‘द डर्टी पिक्चर’मा विद्या बालनसँग काम गरिसकेकी ३३ वर्षीया आर्या बनर्जीको शंकास्पद अवस्थामा शव भेटिएको हो ।
कोलकातास्थित आफ्नै निवासमा शंकास्पद अवस्थामा उनको शव भेटिएको हो । रिपोर्टस्का अनुसार घटनास्थलमा प्रहरी पुग्दा अभिनेत्री आर्या बनर्जीको शव रगतले लतपतिएको अवस्थामा थियो । ढोका फोडेर अभिनेत्री आर्या बनर्जीको कोठाभित्र पुलिस पस्दा उनको शव शंकास्पद रुपमा बेडमा भेटिएको थियो ।
घटनास्थल पुगेका पुलिसका अनुसार उनको नाकबाट रगत बगिरहेको थियो, साथै उनले कोठाभित्र उल्टीसमेत गरेकी थिइन् । पुलिसले आर्या बनर्जीको शंकास्पद मृत्युको अनुसन्धान थालेको बताइएको छ ।
आर्या बनर्जीको वास्तविक नाम देवदत्त बनर्जी हो । उनी चर्चित सितारवादक निखिल वनर्जीकी कान्छी छोरी हुन् । पुलिसले उनको शव पोष्टमार्टमका लागि पठाइसकेको छ । उनले ‘लभ सेक्स र धोखा’ फिल्मबाट आफ्नो फिल्मी करियर सुरु गरेकी थिइन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।