एजेन्सी, २७ मंसिर । बलिउडका कोरियोग्राफर तथा निर्देशक रेमो डिसूजाको स्वास्थ्यमा सुधार आएको छ।डिसूजालाई शुक्रबार दिउँसो हृदयघातपछि मुम्बईको कोकिलाबेन अम्बानी अस्पतालमा भर्ना गरिएको थियो। उनकी श्रीमतीले उनको स्वास्थ्य अवस्थाअहिले ठीक भएको जानकारी दिएकी छन्। तर उनलाई डाक्टरले आइतबारसम्म उनको स्वास्थ्य अवस्थाको बारेमा निर्णय लिने छन्।
डिसूजालाई भेट्न उनका मिल्ने साथीहरू अस्पताल पुगेका बताइएको छ । उनलाई भेट्न कोरियोग्राफर धर्मेश, अहमद खान, आमिर अली, राहुल देव र सलमान युसुफ अस्पतालमा पुगेका जनाइएको छ।
शुक्रबार दिउँसो अपरान्ह २ः३० बजे रेमोलाई हृदयघात भएको थियो ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।