- भगतराम थारु
नेपालगन्ज, १० पुष । ‘तिम्रो आँखाको लाइसेन्स बनाउनु प्रिया, तिम्रो योवनको लाइसेन्स बनाउनु प्रिया’ भन्ने बोलको गितबाट चर्चा कमाएका बर्दिया बाँसगढी नगरपालिकाका चर्चित गायक विष्णु थापा सरगमको एकपछि अर्को चर्चित गित बजारमा आउने क्रम जारी रहेको छ ।
छोटो समयमा गायक सरगम गायन क्षेत्रमा चर्चा कमाउन सफल भएका हुन् । उनका हरेक गीत बजारमा हिट हुँदै गएका छन् । ‘आकाशका तारा झार्दिमला, सुखै सुखले पाल्दिमला, दुनियाले जे सुकै भनोस पैसा खनखन गन्दिमला भन्ने बोलको गीतले पनि यतिबेला चर्चामा रहेको छ ।
‘तिम्रो आँखाको लाइसेन्स बनाउनु प्रिया, तिम्रो योवनको लाइसेन्स बनाउनु प्रिया’ जस्ता चर्चित चर्चित गीत निकालेर चर्चामा आएका गायक बिष्णु थापा सरगमको यस पटक भने थारु गीततिर नजर गएको छ ।
चर्चित गायक विष्णु थापा सरगमको थारु भाषाको गीत मुटुमा गुदगुदी लागल बोलको म्युजिक भिडियोको छायाङकन सम्पन्न भएको छ । थारु समुदायको मुख्य पर्व माघीलाई लक्षित गरि चर्चित गायक विष्णुले थारु भाषाको मुटुमा गुदगुदी लागल बोलको म्युजिक भिडियो ल्याउन लागेको जानकारी गराउनुभयो ।
थारु समुदायमा माघको महिनामा डान्स गर्ने अवसर यो गीतले दिने गायक विष्णुले बताए । मुटुमा गुदगुदी लागल बोलको गीतमा स्वर/शव्द विष्णु थापा सरगमको रहेको छ भने सङ्गित र एरेन्जमा. कमल अधिकारीले साथ दिएका छन् ।
यस्तै शब्द अनुबादमा सुनिता चौधरी र मस्तराम मस्तैलाको रहेको छ । गीतको छायाङकन यम बहादुर चौधरीको रहेको छ भने ड्रोन क्यामेरामा खेम भौगोरियाले साथ दिएका छन् ।
मुटुमा गुदगुदी लागल बोलको गितमा चर्चित मोडल विवश जिएच, पूजा चौधरी, शिसिर धम्लहवा, झरना चौधरी, मिलन बि.क., पूजा देवकोटाले अभियन गरेका छन् ।
भिडियोको छायाङकन बर्दिया गुलरियामा गरिएको गायक विष्णु थापा सरगमले बताए। छायाङकनको ब्यवस्थापक र प्रस्तुति नगेन्द्र रिमाल (कृष्णसार रिसोर्ट) ले गरेको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।