एजेन्सी, २८ पुष । भारतीय नायिका अनुष्का शर्माले छोरी जन्माएको उनका पति भारतीय क्रिकेट कप्तान विराट कोहलीले सामाजिक सञ्जालमा घोषणा गरेका छन्।

कोहलीले ट्वीटमा आफू बाबु बनेको जानकारी दिएपछि भारतमा यो जोडीको नाम ट्विटरमा चर्चित भएको थियो।
‘हामी तपाईँको माया र मङ्गलकामनाका लागि मनदेखि नै आभारी छौँ। अनुष्का र हाम्री छोरी दुवै जना सकुशल छन्,’ उनले लेखेका छन्। कोहली र शर्माको विवाह सन् २०१७ को डिसेम्बरमा भएको थियो।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।