काठमाडौं, २ माघ । गायिका रचना रिमाल र प्रबिन बेडवालको स्वरमा रहेको नयाँ गीत ‘तिमी कस्की छोरी’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
शुक्रबार सार्वजनिक गरिएको उक्त गीतको शब्द लोकप्रिय गीतकार तथा संगीतकार दीपक शर्माका हुन् । जसमा संगीत पनि शर्माको आफ्नै रहेको छ ।
सार्वजनिक गीतको भिडियोमा पछिल्लो समयकी चर्चित नायिका सुरक्षा पन्तको कुशल अभिनय देख्न सकिन्छ । भिडियोमा सुरक्षाका प्रेमिकाको रुपमा शम्भु घिमिरेलाई देख्न सकिन्छ ।
पछिल्लो समय पर्यटकीय गन्तब्य बन्दै गएको तनहुँको बन्दीपुरको रामकोटगाउँमा छायाङ्कन गरिएको दृश्यमा सुन्दरी सुरक्षा गाउँले युवतीको अवतारमा देखा परेकी छिन् । आरोन अशोक कुमारको छायांकन रहेको भिडियोलाई निर्देशक लक्ष्मण सुनार आफैले सम्पादन गरेका छन् ।
[embedded content]
नरेन्द्र वियोगीको एरेन्ज रहेको गीतको मिक्सिङ/मास्टरिङ साजन शाहले गरेका हुन् । सार्वजनिक गीतको भिडियो मोडल शम्भुको आफ्नै युट्युव च्यानल युनिआयन मिडियाबाट बजारमा ल्याइएको हो ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।