
काठमाडौँ । लामो समय पश्चात प्रसिद्ध गायक तथा संगीतकार सुरेश कुमार क्षेत्रीको संगीतमा रहेको ‘किन होला’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।
रोमान्टिक भर्सनको यस गीतमा स्वर अमेरिकाको एट्लाण्टा सहर निवासी गायक चन्द्र लावारको रहेको छ। गीतमा शब्द अमेरिकामा रहेका गीतकार गोपाल क्षेत्रीको रहेको छ। यस गीतलाई राजन तामाङले संगीत संयोजन गरेका हुन्।
म्युजिक भिडियोमा डिमोन क्षेत्री र सिर्जना जिसी फिचर्ड छन्। राम कुमार केसीले छायांकन गरेको यस भिडियोलाई विवेक सुनारले सम्पादन गरेका हुन्। विवेक दत्त मंगेश सहायक निर्देशक रहेको यस भिडियोलाई राजिव समरको कन्सेप्ट र निर्देशनमा तयार पारिएको हो। गायक लावारकी सुपुत्री सान्वी लावारको जन्मदिनको शुभअवसर पारेर ‘चन्द्र लावार’ च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो।
[embedded content]
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।