
- अनुजा काफ्ले,
बुवा जन्म दिई मलाई
संसार देखायौ
न्यानो काखमा सुताई
वर्षकी बनायौ
हुर्काई बढाई खेलाई
ठूली बनायौ
अक्षर चिनाई लेखाई
शिक्षित बनायौ
सक्षम दक्ष बनाई
पराई घर पठायौ
वियोगको पीडा लुकाई
हाँस्न सिकायौ
रोगले आफूलाई सताई
सन्ततिलाई निडर बनायौ
रोगसँग साँढे जुधाई
परिवारलाई खुशी बनायौ
माइतीघरको बसाई
बोलीवचन मिठो बनायौ
रोगसँग संघर्ष लिई
सात वर्ष छहारी दिलायौ
आठौं वर्षमा प्रवेश गराई
सदा सदाका लागि मलिन भयौ
अतितका सम्झनामा रुमल्लाई
अहिले मन भक्कानो बनायौ
दिनहुँ आखा भरि रसाई
पीडा बनायौ पीडा बनायौ
दिन रात चौगुना बढाई
मुटु चस्कायौ मुटु चस्कायौ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।