
एजेन्सी। भारतीय फिल्मका हरेक पर्दामा छाउने ब्रम्हानन्दम एक चर्चित हास्य कलाकार हुन् । ब्रम्हानन्दमलाई नराखी निर्देशकहरुले फिल्मनै बनाउँदैनन् ।
ब्रम्हानन्दमले हजार भन्दा धेरै फिल्म खेलिसकेका छन् । उनले २४ घण्टामा ८ लाख भन्दा धेरै कमाएका भारतीय मिडियाहरुले लेखेका छन् । ब्रम्हानन्दम कलेजमा साथीभाईलाई हसाउने काम गर्थै । उनको पारिवारिक अवस्था कमजोर भएका कारण उनी एक मात्र एम ए गर्ने सदस्य हुन् परिवारका ।
एक तामिल डाइरेक्टरले उनलाई फिल्ममा खेल्ने अवसर प्रदान गरे । उनको कामबाट प्रभावित भएर निर्देशकले उनलाई दोस्रो फिल्ममा पनि अवसर प्रदान गरे । ब्रम्हानन्दमको भाग्य खुल्न पुग्यो त्यसपछि उनले पछाडि फर्कनु परेको छैन ।
उनी यति चर्चित भएकी उनले थुप्रै अवार्ड र सम्मानहरु पाए । उनले गिनीज बुक अफ वल्र्ड रेकर्डमा पनि नाम लेखाएका छन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।