काठमाडौं । अभनेता दयाहाङ रार्इ अभिनित फिल्म ‘भैरे’को ‘सनम माया लाको’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । जेठ १८ गतेबाट रिलिज हुन लागेको यो फिल्मको दोश्रो लोक शैलीको गीत रिलिज गरिएको हो ।
भिडियोलाई बसन्त श्रेष्ठले कोरियोग्राफी गरेका हुन् भने पुरुषोत्तम प्रधानले खिचेका हुन् । यम बराल र अन्जु पन्तको स्वर रहेको गीतमा एभरेष्ट सूर्य बोहराको शब्द, यम बरालकै संगीत छ । सूर्यले नै फिल्मको निर्देशन पनि गरेका हुन् ।
यो फिल्ममा प्रेम प्रसाद पौडेल र देविमाया अधिकारीको लगानी छ । फिलममा बर्षा सिवाकोटी, वुद्धि तामाङ, सुनिल थापा लगायतका कलाकार को पनि मुख्य भूमिका छ ।
पत्रकार सम्मेलनमा बोल्दै दयाले आफूलाई नाच्न भन्ने वित्तिकै ज्वरो आउने गरेको तर यो गीतमा सकेको काम गरेको बताए । अभिनेत्री सुरक्षा पन्तले दयाहाङले भन्दा आफूले बढी टेक खाएको सुनाइन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।