एजेन्सी, २३ कात्तिक । अभिनेता शाहिद कपूर र मीरा राजपुतले दीपावलीको अवसरमा आफ्नो फ्यानहरुलाई शुभकामना दिएका थिए । तर उनिहरुले जुन फोटो सेयर गरेका छन्, सोही फोटोका कारण शाहिद र मीरा ट्रोलको शिकार बन्न पुगेका छन् ।
मीरा राजपुतले शाहिदसँग आफ्नो लिपलक वाला तस्वीर सेयर गरेकी थिइन्, दीपावलीको लागि सो तस्वीर फयनहरुले रुचाएनन्, भने आलोचना सुरु गरिहाले । फयनहरुले यस प्रकारको तस्वीर सेयर गर्न उचित नभएको बताएका छन् । एक फ्यानले लेखेका छन्, ‘यो दीपावली हो, हनिमून होइन ।’
त्यसोत, अर्का एक फ्यानले कमेन्ट गरेका छन्, ‘थर्ड क्लास दीपावली, लाज मान्नु ।’ अर्का फ्यानले पनि कमेन्ट गरेका छन्, ‘किन मान्छेहरुले आफ्नो माया देखाउँछन् ? आफ्नो पर्सनल लाइफलाई पर्सनल नै राख्नु ।’
शाहिद र मीराको सो तस्वीरलाई यी र यस्तै प्रकारको आलोचना भइरहेको छ । मीरा राजपुत भर्खरै आमा बनेकी छन् । उनको लागि यो दीपावली विशेष छ ।
तपाईलाई यो पनि जानकारी गराउँ कि, अभिनेता शाहिद र मीरा राजपुतले जुलाई २०१५ मा एरेञ्ज म्यारिज गरेका थिए । विहेको समयमा अभिनेता शाहिद ३४ वर्षका थिए, भने मीरा राजपुत २१ वर्षकी थिइन् । विहे भएको तीन वर्षमा मीराले दुई बच्चालाई जन्म दिएकी छन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।