एजेन्सी, २३ कात्तिक । दक्षिणको सुपरस्टार विजयको फिल्म ‘सरकार’ले दुई दिनमै कयौं रेडर्कहरु तोडेको छ । विजयको यो फिल्मले बक्स अफिसमा दुई दिनमै १०० (सय) करोडको आँकडालाई पार गरेको छ । यो फिल्म गत ६ नोभेम्बरबाट दर्शकमाझ रिलिजमा आएको हो ।
#Sarkar100CrIn2Days.. this time the hype is real. Furious pace indeed.. Mega Blockbuster Opening WW.. #ThalapathyVijay RULES literally with #Sarkar.. pic.twitter.com/awWqVOAXeL
— Kaushik LM (@LMKMovieManiac) November 8, 2018
यो फिल्मले अर्का स्टार प्रभाषको फिल्म ‘बाहुबली’को रेकर्डलाई नै तोडेको छ । विजयको ‘सरकार’ले तमिलनाडुको बक्स अफिसमा पहिलो दिननै ३० करोडको कलेक्शन गरेको थियो, जबकी प्रभाषको ‘बाहुबली २’ले १९ करोडको कलेक्शन गरेको थियो । पहिलो दिन यो फिल्मले बक्स अफिसमा जम्मा ४७ करोड ८५ लाखको कलेक्शन गरेको छ ।
यो फिल्मले रणवीर कपूरको फिल्म ‘सञ्जु’को ३४ करोड ७५ लाखको ओपनिङलाई पछाडि पारेको छ । ट्रेड एक्पर्टका अनुसार फिल्मले २ दिनमा १०० करोड कमाइसकेको छ । यो फिल्मलाई ३४०० वटा स्क्रीनमा रिलिज गरिएको छ । चेन्नाई बक्स अफिसमा ‘सरकार’ले २.३७ करोड र दोस्रो दिन २.३२ करोडको कमाई गरेको छ ।
कहानी के हो ?
यो एक विजनेस म्यानको कहानी हो, जसले चुनाव लडेर मुख्यमन्त्री बन्न चाहन्छन् । भ्रष्टचार र भोटिङ विवादलाई लिएर बनाइएको यो फिल्ममा विजय मुख्य भुमिकामा छन् । फिल्ममा विजयको साथमा वरलक्ष्मी, कीर्ति सुरेश र राधा रविको पनि मुख्य भुमिका रहेको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।