काठमाडौं । सञ्चारकर्मी दीपेन्द्र लामाको निर्देशन रहेको फिल्म ‘गोपी’ माघ १८ मा रिलिज हुने भएको छ । चैत १५ मा रिलिज हुने भनिएको फिल्म अब माघ १८ मा रिलिज हुने भएको हो । फिल्ममा विपिन कार्की, वर्षा राउत र सुरक्षा पन्तको प्रमुख अभिनय छ।
निर्देशक लामाले फिल्मको पोस्ट प्रोडक्सन सकिएको र देश विदेशका दर्शकले फिल्म चाँडै रिलिज गर्न आग्रह गरेपछि माघ १८ लाई नयाँ मिति तोकिएको बताए ।उनले ‘गोपी’ फिल्मलाई पनि ‘घामपानी’जस्तै दर्शकले साथ दिने अपेक्षा गरेको बताए ।
फिल्मलाई नेपालभर मनोठ राठी र उज्जवल पौडेलको वैंकेटस इन्टरटेनमेन्टले वितरण गर्नेछ ।आरोही इन्टरटेनमेन्टको ब्यानरमा बनेको फिल्मका कार्यकारी निर्माता श्रीधर पौडेल हुन् । एमए पढेर पनि गाईपालनमा होमिएका एक युवकको संघर्षकथा फिल्ममा समेटिएको निर्माण पक्षले बताएको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।