एजेन्सी, २८ कात्तिक । फिल्म ‘सत्यदेव जयते’को सफलतापछि निर्देशक मिलाप मिलन झवेरीले आफ्नो दर्शकमाझ ‘मरजावा’ लिएर आउँदैछन् । अर्को वर्ष रिलिजमा आउँदै गरेको यो फिल्मको पोष्टर पनि रिलिज भइसकेको छ ।
मिलाप झवेरीको निर्देशनमा बन्ने यो फिल्म इमोशनल लभ स्टोरी हुनेछ । यो फिल्ममा अतेश देशमुख, सिद्धार्थ मल्होत्रा र तारा सुतारिया लगाएतको जोडी देख्न पाइनेछ । यसै फिल्मको लागि अर्की अभिनेत्री राकुल प्रितलाई पनि साइन गराइएको छ । राकुल पुनः एक पटक सिद्धार्थ मल्होत्रासँग देखिनेछन् । यो जोडीले यस अगाडि ‘अय्यारी’ फिल्ममा सँगै काम गरेका थिए ।
अभिनेत्री राकुल प्रितले यसै कुराको खुलासा गर्दै ट्वीटरमा लेखेकी छन्, ‘आफ्नो आगामी हिन्दी फिल्म ‘मरजावा’को घोषणा भयो , निकै खुसी छु ।’ अभिनेत्री राकुल प्रितलाई स्वागत गर्दै निर्देशक झवेरीले पनि ट्वीटमा लेखेका छन्, ‘मरजावा’मा निकै सुन्दरी र प्रतिभाशाली राकुल प्रितलाई स्वागत गर्न पाउँदा खुसी छु ।’
‘एक विलेन’ फिल्म रिलिज भएको चार वर्षपछि झवेरी, रितेश र सिद्धार्थ पुनः एक साथ आउन लागेका हुन् । फिल्मकी अभिनेत्री तारा ‘स्टुडेन्ट अफ द इयर २’बाट बिलउडमा डेब्यु गर्दैछन्, भने ‘मरजावा’ दोस्रो फिल्म हुनेछ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।