फिल्म ‘सय कडा दश’को स्वप्न सुमन र त्रिसला गुरुङको स्वर रहेको ‘पिरतीको गाँउ’ बोलको गीत सार्वजनिक भएको छ । उक्त रोमान्टिक गीतमा अमृत ढुंगाना, करुणा श्रेष्ठ, उत्सव न्यौपाने र सोनिया राई फिचर्ड छन् ।
[embedded content]
गीतमा शब्द रवि मल्लको रहेको छ भने संगीत कल्याण सिंहको रहेको छ । रामशरण पाठकले निर्देशन गरेको फिल्ममा राजाराम पौडेल, मनोज गुरेल, अमृत ढुङ्गाना, करुण श्रेष्ठ, उत्सव न्यौपाने, सोनिया राई, अमित पोखरेल, रवी डंगोल, रश्मि भट्ट, टक राज आर्चाय, मानषी निरौला लगायत कलाकारहरुको अभिनय रहेको छ । फिल्ममा रज्जु प्रधान, उत्तम खत्री, डिआर उपाध्याय, र संजीव न्यौपानेको लगानी रहेको छ ।
रज्जु प्रधानको कथालाई निर्देशक पाठकले पटकथा तथा संवाद तयार पारेका छन् । कल्याण सिंह र जुगोल डंगोको संगीत, रामश्वर कार्कीको छायांकन, दिलिप ओखेडाको कोरियोग्राफी, बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ । फिल्म माघ १८ गते देखि रिलिज हुँदैछ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।