एजेन्सी । बलिउडमा साउथ कलाकारहरुको डेब्यु सँधै विशेष रहन्छ । अहिले आएर सोसल मिडियामा आँखा झिम्काएरै चर्चित बनेकी प्रिया प्रकाश वारियरको नाम जोडिएको छ । प्रिया प्रकाशले लेट अभिनेत्री श्रीदेवीको जीवनीमा आधारित फिल्म ‘श्रीदेवी बंगलो’ बाट बलिउडमा डेब्यु गरिरहेकी छन् ।
भर्खरै यो फिल्मको टिजर समेत रिलिज भइसकेको छ । यो फिल्मलाई साउथका चर्चित निर्देशक प्रशान्त माम्बुलीले निर्देशन गरिरहेका छन् । यो फिल्मको केही भाग लण्डनमा सुटिङ गरिएको छ ।
फिल्मको सार्वजनिक टिजर अनुसार यो फिल्म बलिउडकी सुपरस्टार रहेकी श्रीदेवीको जीवनीमै बनेको आभाष हुन्छ, जहाँ श्रीदेवीको होटलको वाथरुममा कसरी मृत्यु भयो भन्ने कुरालाई प्रस्तुत गर्न खोजिएको छ ।
यो फिल्ममा प्रिया प्रकाशका अलवा अभिनेता प्रियांशु चटर्जी पनि मुख्य भुमिकामा छन् । यो फिल्मको रिmिज मिति भनो तोकिएको छैन ।
[embedded content]
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।