काठमाडाै । अमेरिकी गायिका जेनिफर लोपेजले इन्गेजमेन्ट गरेकी छिन् । जेनिफरले दुई वर्षको प्रेम सम्बन्धलाई इन्गेजमेन्टमा परिणत गरेकी हुन् ।
जेनिफरले आफुले इन्गेजमेन्ट गरेकाे तस्बिर इन्स्टाग्राममार्फत शेयर गरेर सो जानकारी दिएकी हुन् । जेनिफर विशेषगरी पप संगितका कारण विश्वभर प्रख्यात छिन् ।
उनका प्रेमी रिटायर्ड बेसबल खेलाडी एलेक्स रोड्रिगेज हुन् । सामाजिक सञ्जालमा सार्वजनिक भएको तस्बिरमा जेनिफरको औँलामा औँठी देखिएको छ ।
यस अघि तिन पटक बिवाह गरिसकेकी गायिका लोपेजका दुई सन्तान समेत छन् । त्यस्तै सार्बजनिक गरिएको तस्बिरमा एलेक्सले क्याप्सन लेखेका छन्, ‘उनले हुन्छ भनेकी छिन् ।’
जेनिफरले यस अघिका पति (तेस्रो श्रीमान) मार्क एन्थोनीसंग सन् २०१४ मा डिभोर्स गरेकी थिइन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।