एजेन्सी । केही महीनादेखि बलिउड अभिनेता सलमान खान ‘भारत’ फिल्मको सुटिङमा ब्यस्त छन् । यो फिल्म यसै वर्षको इदको अवसरमा दर्शकमाझ रिलिजमा आउने तयारीमा छ । त्यस्तै सलमान खानको ‘दबंग’ सिरिज ‘दबंग–३’ पनि यसै वर्ष दर्शकमाझ रिलिजमा आउने भएको छ ।
त्यसोत, अभिनेता खानको फ्यानहरुलाई खुसीको खबर रहेको छ, किनकि वर्ष २०१९ मा भाइजानका दुई वटा फिल्म रिलिज हुँदैछ । रिपोर्टका अनुसार सलमानको ‘दबंग–३’ आगामी डिसेम्बरबाट दर्शकमाझ रिलिज आउने जनाइएको छ ।
यदि सलमानको ‘दबंग–३’ डिसेम्बरमा रिलिजमा आएको खण्डमा बक्स अफिसमा ठूलो भिडन्त हुने देखिएको छ । एक पोर्टलका अनुसार डिसेम्बरमा सलमानको ‘दबंग–३’ सँग अन्य दुई फिल्म पनि दर्शकमाझ रिलिजमा आउदैछन् । तर यी सबै फिल्महरुको आधिकारिक रिलिज डेट भने खुलासा गरिएको छैन ।
सलमान खानले फिल्मको बारेमा खुलासा गर्दै अभिनेत्री सोनाक्षी सिन्हा तेस्रो भागमा मुख्य भूमिकामा हुने बताएका छन् । सलमानका अनुसार सलमान र सोनाक्षीले प्ले गरेको दोस्रो पार्टको भूमिकालाई तेस्रो भागमा पनि डेभेलप गरिएको छ ।
यो फिल्मलाई प्रभु देवाले निर्देशन गर्नेछन् । फिल्मको सुटिङ भने १ अप्रिलबाट सुरु गरिनेछ । सलमानको यो फिल्म २०१९ मै रिलिज गरिने बताइए पनि आधिकारिक घोषणा भने गरिएको छैन ।
डिसेम्बरमै करण जोहरको फिल्म ‘ब्रम्हास्त्र’ रिलिज हुँदैछ । सो फिल्ममा आलिया भट्ट, रणवीर कपूर र अमिताभ बच्चन मुख्य भूमिकामा छन् । यो फिल्मलाई अयान मुखर्जीले निर्देशन गरिरहेका छन् ।
यसका साथै अर्जुन कपूरको फिल्म ‘पानीपत’ पनि २०१९ कै डिसेम्बरमा रिलिज हुँदैछ । सलमान खानको ‘दबंग–३’ पनि डिसेम्बरमै दर्शकमाझ रिलिजमा आएको खण्डमा तीन ठूला फिल्मको भिडन्त रोचक हुने देखिएको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।