काठमाडौँ । मह संचारको व्यानरमा बनेको दाल भात तरकारी चलचित्रको अर्को गीत सार्वजनिक भएको छ । यसअघि सार्वजनिक भएको ‘भिजिट भिषामा’बोलको गीत करोड क्रस भएसंगै निर्माण पक्षले दोस्रो गीत सार्वजनिक गरेको हो ।
गीतमा हरिवंश आचार्यको शब्द, शम्भुजित बास्कोटाको संगीत तथा राजेश पायल राई र स्मिता दाहालको स्वर रहेको छ । गीतमा हरिवंश आचार्य, निरुता सिंह सेफको भेषमा देखिएका छन् । भने आचल शर्मा र पुष्प खड्कोको नृत्य देख्न सकिने छ ।
चलचित्र दाल भात तरकारीलाई सुदन केसीले निर्देशन गरेका हुन् । चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, प्रियंका कार्की, पुष्प खड्का, बर्षा राउत, किरण केसी, शिवहरी पौडेल, राजाराम पौडेल, बसुन्धरा भूषाल, यमन श्रेष्ठ, मोहितवंश आचार्य, जयनन्द लामा, शिशिर बंदेल, विल्सन विक्रम राई, सुरेन्द्र केसी, अनुरागमान सिंह कुँवर लगायतको अभिनय रहेको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।