काठमाडाैं । नायिका पूजा शर्मा यतिखेर ‘सम्हालिन्छ कहिले मन’ फिल्म शुटिङको क्रममा लण्डनमा छिन् । शुटिङको क्रममा पूजाले बलिउडका अहिलेका ब्यस्त नायक वरुण धवणलाई भेटेकी छिन् ।
वरुणसँग खिचाएको फोटो पूजाले आफ्नो फेसबुक र इन्स्टाग्राममा पोस्ट गरेकी छन् । फेसबुकमा फोटो राख्दै पूजाले लेखेकी छिन्, ‘एउटा नम्र र मायालु व्यक्तिसँगको भेट ।’ फोटोमा पुजा निकै खुशि देखिएकी छन् । तस्वीरमा वरुणले पूजाको शिरमा चुम्बन गरेकाे देखिन्छ ।
अभिनय र सुन्दरताको कारण दर्शकको माया पाउन सफल नायिका पूजा शर्मा रामकहानी पछि पूनः आकाश श्रेष्ठसँग फिल्म ‘सम्हालिन्छ कहिले मन’शुटिङकाे क्रममा लण्डनमा छिन् ।
फिल्म ‘सम्हालिन्छ कहिले मन’मा पूजाको साथमा आकाशसँगै चर्चित युट्युवर सोनम तोप्देन पनि नायकको रुपमा देखिने भएका छन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।