काठमाडाैं । अभिनेत्री बर्षा सिवाकोटीले आफुले ठूलो कलाकार र मिडियाको सपोर्ट नपाएको गुनासो गरेकी छिन् ।
बर्षाले हालै फेसबुकमा एउटा स्ट्याटस लेखिन्– ‘न म स्टारको सन्तान, न कसैको प्रेमिका, न म हिट ब्यानरको रेगुलर सदस्य । न म कुनै युट्युव च्यानलको अफिसियल हिट अभिनेत्री । बस कामको परिचय बनाउन निरन्तर एक्लो लागिरहेको विचरा, सो कल्ड रिजर्भ आर्टिस्ट । अनि हलसम्म मेरा लागि किन जाने ? समयको बर्बादी । फिल्मको त के कुरा गर्नु हिट कलाकार, हिट मुभी ।’
बर्षा अभिनित फिल्म ‘पुरानो बुलेट’ गत शुक्रवारबाट प्रदर्शनमा आएको थियो । फिल्मले साचे अनुरुप ठूलो तहल्का मच्चाउन सफल नभएपनि औसत ब्यापार गरेको छ । यस्तैमा बर्षाले मिडियाले कसैको सामान्य कुराहरु पनि समाचार बन्ने कसैको भने हलमा फिल्म प्रदर्शनमा आउँदा समेत समाचार नबनेको भन्दै आक्रोश पोखेकी छिन् ।
स्ट्याटसमा उनले आफु कुनै कलाकारको छोरी नभएको र कसैसँग प्रेम सम्वन्धमा नरहेको कारण पनि ठूला कलाकार तथा मिडियाको नजरमा नपरेको भन्दै दुखेसो पोखेकी छिन् ।
“नाई नभन्नु ल २” बाट नेपाली फिल्म छेत्रमा पाईला टेकेकी बर्षा पछिल्लो समय फिल्मभन्दा पनि म्यूजिक भिडियोहरुमा बढी ब्यस्त छिन् । उनले आफु अभिनित प्रदर्शनरत फिल्म ‘पुरानो बुलेट’लाई दर्शकले राम्रो प्रतिक्रिया दिदा पनि मिडियाले प्रचार प्रसार गर्न सघाउ नपुर्याएको आक्रोश ब्यक्त गरेकी छिन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।