काठमाडौं÷एजेन्सी । ‘हम दिल दे चुके सनम’ फिल्मको २० वर्षपछि संजय लीला भंसालीको साथमा अभिनेता सलमान खानले टिमअप गर्दैछन् । यो संजय लीला भंसालीको ड्रिम प्रोजेक्ट हो । पछिल्लो समय यसै फिल्मको फिमेल लिड अभिनेत्री र टाइटललाई लिएर निकै चर्चामा आएको थियो । अब भने यो फिल्मको मुख्य अभिनेत्रीको रुपमा आलिया भट्ट फाइनल भएकी छन् ।
आधिकारिक रुपमै सलमान र संजय लीला भंसालीले टिमअप गर्दैछन्, जहाँ सलमानको अपोजिट भूमिकामा आलियालाई कास्ट गरिएको छ । यो फिल्मको टाइटल ‘इंशा अल्लाह’ हुनेछ । यो सलमान र आलियाको पहिलो फिल्म पनि हुनेछ ।
फिल्मका स्टाकास्टले आ–आफ्नो ट्विटर अकाउन्टमा फिल्मसँग जोडिएको केही डिटेल्सहरु सार्वजनिक गरेका छन् । अहिले यस फिल्म सम्बन्धी पूर्ण जानकारी भने गराइएको छैन, तर यो एक लभ स्टोरी बेस्ड फिल्म रहने बताइएको छ ।
अभिनेत्री आलियाले ट्विट गर्दै संजय लीला भंसालीको साथमा जोडिन पाउँदा निकै उत्साहित भएकी बताएकी छन् । उनले लेखेकी छन्, ‘उनीहरुले भने–खुल्ला आँखाले सपना देख्नु, र मैले पनि त्यही गरे । संजय सर र सलमान खानको साथमा जादू छ । इंशा अल्लाहको यस उत्कृष्ट जर्नीमा उनीहरुसँग जोडिन म निकै आतुर छु ।’
यो फिल्ममा आलिया भट्ट फाइनल हुनु भन्दा अगाडि प्रियंका चोपडा, दीपिका पादुकोण, क्याट्रिना कैफ, जान्हवी कपूर लगाएतको नाम चर्चामा थियो । साथै ऐश्वर्य राय बच्चनको नाम समेत चर्चामा आएको थियो ।
अहिलेको समयमा आलिया भट्ट करण जोहरको फिल्म ‘कलंक’मा ब्यस्त छन् । यो फिल्म २०१९ को अप्रिलबाट दर्शकमाझ रिलिजमा आउँदै छ । अर्को तर्फ अभिनेता सलमान खान भने अलि अब्बास जफरको निर्देशनमा बनिरहेको फिल्म ‘भारत’मा ब्यस्त छन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।