काठमाडौँ ५ चैत । काँध थाप्ने हजारौ लाखौ हुन सक्लान तर लड्दा चोट लाग्ने एउटैलाई हो । मिस वल्र्डमा भोगेको तीतो यथार्थको अनुभव र पाएको आंशिक सफलता युवा विद्यार्थीहरु माझ शेयर गर्दै मिस वल्र्ड श्रृंखला खतिवडाले भनिन‘सिंगो देश र आम नेपालीको सहानुभूति थियो म माथि , दुर्भाग्य उपाधिको नजिक पुगेर असफल भए , तर त्यतिखेरको चोटले मलाई जति पोल्यो अरुलाई शायद त्यति पोलेन होला । ’
काठमाडौंमा मंगलबार आयोजित काठमाडौं युथ कनक्लेभ २०१९ मा आफ्नो अनुभव राख्दै श्रृंखलाले युवा विद्यार्थीहरुलाई सुझाव दिइन ‘सपना देख्न नछाड्नुस त्यही सपनाले एक दिन सगरमाथाको चुचुरोमा पु¥याउने छ । ’
आफु सानैदेखि आफुलाई सबैले मन पराउने बन्न सकु भन्ने सपना पालेको स्मरण गर्दै आज आएर त्यो सपना पूरा गर्न पाउँदा धेरै पाएको महसुस भएको बताउँदै मिस वल्र्ड नेपाल श्रृंखलाले भनिन ‘ अब देशका लागि केही गर्न सक्छु भावना र हिम्मत जागेर आएको छ र देशका लागि केही गर्ने अठोट पनि छ ।
आफु मिस वल्र्ड बन्न सकेको भए अहिले नेपालमा नभई विदेशको कुनै कार्यक्रममा व्यस्त हुने थिए भन्दै आफुलाई उपाधि जित्न नसक्दाको पछुतोले भने जिन्दगी भर पछ्याउने चिन्ता पनि उनले व्यक्त गरिन । ३ करोड नेपालको आर्शीवाद हुँदा हुँदै पनि उपाधि जित्न नसक्नुलाई आफ्नै कमजोर भाग्यलाई दोष दिने श्रृंखलाले नेपाल चिनाउने थप दायित्व पनि आफ्नो काँधमा भने आएको बताइन ।
मिस वल्र्डको स्टेजमा बस्दा पनि आफुलाई कहिले पनि एक्लो महसुस नभएको भन्दै श्रृंखलाले श्रमता , योग्यता र गुण हुँदा हुँदै पनि उपाधि नपाउँदा किन भन्ने प्रश्न आफ्नो मनमा अझै पनि उठिरहेको बताइन । तर तीन करोड नेपालीको मन जित्न सक्नु आफ्नो ठूलो उपलब्धि भएको बताउदै श्रृंखलाले भनिन ‘अब सबै मिलेर देश बनाउने सपना देखौं, त्यो सपना सार्थक भए देश समृद्धिको यात्रामा अग्रसर हुनेछ । ’
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।