काठमाडौं÷एजेन्सी । अभिनेत्री क्याट्रिना कैफले दुबई टुरबाट फर्कनेबित्तिकै आफ्नो लागि लक्जरी कार कलेक्शनमा नयाँ रेञ्ज रोभर जोडेकी छन् । करीब ५० देखि ६५ लाख मूल्य बराबरको नयाँ कारको लागि अभिनेत्री क्याट्रिना कैफले रेजिष्ट्रेशन गराएकी छन् । केही रिपोर्टका अनुसार क्याट्रिनालाई अभिनेता सलमान खानले गिफ्ट स्वरुप उक्त कार दिएका हुन् ।
रिपोर्टका अनुसार पछिल्लो समय सलमान खानले चार वटा नयाँ लक्जरी कार खरीद गरेका थिए । सलमानले किनेका प्र्रत्येक कारको मूल्य ५० लाखको हाराहारीमा रहेको बताइएको छ । जहाँ आफ्नो लागि एउटा, बहिनी अर्पिताको लागि एउटा, भाई अरबाज खानको लागि एउटा र अभिनेत्री क्याट्रिना कैफको लागि एउटा गरेर चार–चार वटा कार सलमानले एकैसाथ खरीद गरेका हुन् ।
जसमध्ये क्याट्रिनाले भने टम मोडलको कार चुनेकी छन् । पछिल्लो समय क्याट्रिना र सलमान खान दुबई दबंग टुरको लागि गएका थिए । तर मौसम खराब भएको कारण उनीहरुको सो टुर क्यान्सिल भएको थियो ।
वर्कफ्रन्टको कुरा गर्नुपर्दा अभिनेत्री क्याट्रिनाले फिल्म ‘जीरो’ पछि सलमान खानसँग भारतमा ब्यस्तछ छन् ।
क्याट्रिनाले विगतका दिनहरुमा सलमान खानसँगको तस्वीर सेयर गर्दै आएकी छन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।