काठमाडौं । विगत २५ वर्षदेखि नेपाली संगीत क्षेत्रमा निरन्तर लागिरहेका गायक सुरज कुमार थापाको आधुनिक पुस्तालाई लक्षित गर्दै फरक धारको नयाँ गीत “नाचन नाचन” को भिडियो सार्वजनिक भएको छ ।
सन्तोष बस्न्यातको प्रस्तुती तथा शब्द र संगीत रहेको उक्त गीतमा गायन तथा संगीत संयोजन सुरज कुमार थापाको आफ्नै रहेको छ ।
गीतको भिडियोको परिकल्पना तथा निर्देशन अमृत शाही ठकुरीले गरेका छन् । भिडियोमा अमृत शाही ठकुरी, मोनिका तामाङ, सन्तोष बस्न्यात, आर्य के.सी, सन्देश शर्मा र विविध ब्याण्डलाई प्रस्तुत गरिएको छ । भिडियोलाई ज्ञानेन्द्र शर्मा हुँमागाईले छायाँकन गरेका हुन् ।
विगत १५ वर्षदेखि चर्चित नेपाली सांगीतक समूह ‘नेपथ्य’मा समेत सकृय सदस्यको रुपमा आबद्ध रहेका गायक सुरज कुमार थापा विगत १७ वर्षदेखि विभिन्न विद्यालयहरुमा संगीत शिक्षकको रुपमा समेत कार्यरत रहेका छन् । “पश्चिम कोही पूर्व घर” (चर्चित राष्ट्रिय गीत), “यस पालि त जन्ते बाख्रो खान पाइने भो” (चर्चित चलचित्र गित), “गहिरो घाउ”, “भो माया अब लाउँदिन” र “नाम बिना” जस्ता ख्याति प्राप्त गीतहरुमा स्वर दिइसकेका गायक सुरज कुमार थापाले हालसम्म “चिनारी”, “क्यानभास”, र “परिभाषा” गरी ३ वटा एकल एल्बम र अन्य थुपै्र कलेक्सन एल्बमहरु र केही नेपाली फिल्महरुमा समेत आफ्नो पाश्र्व स्वर दिइसकेका छन् ।
[embedded content]यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।