काठमाडौं, २५ फागुन । नेपाली चलचित्रमा पार्श्व गायनमार्फत् दर्शक स्रोताको मन जितेका गायक केतन क्षेत्रीको स्वरमा रहेको बिल्कुलै नयाँ गीत ‘छाडी गयौ’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
सत्य घटनामा आधिरित यस गीतमा अमेरिकाको ओहायो राज्य निवासी गीतकार नारायण रसाइलीको रहेको छ, भने सुभाष भुषालले यस गीतलाई संगीत संगीतवद्ध गरेका हुन् । गीतमा पुरुषोत्तम सुवेदीको संगीत संयोजन रहेको छ ।
वियोगान्त कथामा आधारित म्युजिक भिडियोमा रंजित पौडेल र गीता ढुंगाना फिचर्ड छन् । बुद्ध थापाले छायांकन गरेको यस भिडियोमा विकाश धमलाको सम्पादन रहेको छ ।
[embedded content]
रेशम बुढाथोकी सहायक निर्देशक रहेको यस भिडियोलाई निकेश खड्काको निर्देशनमा तयार पारिएको हो । तारा लोहनी रसाइली निर्मात्री रहेको म्युजिक भिडियोलाई भवी लाल गोल्ड हाउसको आधिकारिक च्यानलमार्फत् सार्वजनिक गरिएको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।