बेलायत, २५ फागुन । एसियन महिला एशोसिएशन (आमा) यूकेले विविध कार्यक्रमका साथ अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ ।
शनिबार र आइतबार २ दिन भर्चुअल जूममार्फत बिशेष कार्यक्रमको आयोजना गरी मनाएको हो । कोभिड–१९ का कारण भर्चुअल्ली मनाइएको कार्यक्रममा ‘आइ एम बेलमाया’ नामक वृत्तचित्र प्रर्दशन गरिएको छ ।
गरिबीको रेखामुनी जन्मिएकी बेलमायाको जीवन कथामा आधारित वृत्तचित्र थुप्रै महिलाहरुको लागि प्रेरणाको श्रोत बन्न सक्छ भन्ने उदेश्यले उक्त वृत्तचित्र प्रर्दशन गरिएको थियो ।
वृत्तचित्र प्रर्दशनबाट संकलित ८ सय २ पाउण्ड मध्ये केही बेलमायालाई र केही रकम वृत्तचित्र निर्माण समूहलाई प्रदान गरिने छ ।
यस बर्ष विश्वभर “चुज टु च्यालेञ्ज” नाराका साथ अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहेको अवस्थामा आमाले विगतको भन्दा फरक ढंगले उक्त दिवस मनाएको हो । अहिले संसारभर महामारीको रुपमा फैलिरहेकोे सहभागीहरुको भनाइ थियो ।
एशोसिएशनकी अध्यक्ष विभा गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा आई एम बेलमायाकी निर्देशक सुकार्पेन्टर, बेसहारा लाश व्यवस्थापनमा महत्वपूर्व भूमिका निभाउदै आएकी सपना रोका मगर, ब्रिटिश गोरखा आर्मीकी क्याप्टेन अंशु गुरुङ, वारिष्टर स्नेह शाक्य श्रेष्ठ लगायतले नेपाली महिलाहरुले भोग्दै आएको समस्या, संघर्ष, चुनौती, संभावना, उत्थान, अधिकार लगायतको बिषयमा आ–आफ्नो विचार राखेका थिए ।
उनीहरुले अझै पनि महिलाहरुलाई आफ्नै घरमा विभेद रहेको बताउँदै विभेदको अन्त्य घरैबाट हुनु पर्नेमा जोडदिए ।
त्यस्तै, बिगत केही बर्ष देखि बेसहारा लाशको व्यवस्थापनमा जुट्दै आएकी सपना रोका मगरको अभियानलाई सहयोग गर्न चाहनेहरुले “गो फण्ड” मार्फत सहयोग गर्न एशिएन महिला एशोसिएशन (आमा) यूकेले सम्पूर्णमा अपील समेत गरेको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।