काठमाडौं, २६ फागुन । बलिउड अभिनेता रणवीर कपूरलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । आमा नीतु कपूरले सोसल मिडियामार्फत् अभिनेता रणवीरलाई कोरोना संक्रमण भएको जानकारी गराइकए हुन् ।
कोरोना पुष्टि भएसँगै अभिनेता रणवीर आफ्नै घरमा क्वारेन्टाइनमा बसेका छन् । अभिनेता रणवीरले हालको लागि आफ्नो प्रोफेशनल योजनालाई पोष्टपोण्ड गरेका छन् ।
यसैबीच अभिनेता रणवीरका गर्लफ्रेण्ड आलिया भट्टले एउटा गेट–टुगेदर पार्टीको योजना बनाएकी थिइन् । उक्त पार्टी १५ मार्चमा हुनेवाला थियो । तर, रणवीरलाई कोरोना देखिएसँगै आलियाले उक्त पार्टी पोष्टपोण्ड गरेकी छन् ।
अभिनेता रणवीरलाई कोरोना पुष्टि हुनु अगावै फिल्म निर्मात/निर्देशक सञ्जय लिला भंसालीलाई पनि कोरोना पुष्टि भएको थियो । निर्देशक सञ्जयलाई कोरोना पुष्टि भएसँगै अभिनेता आलिया भट्टले पनि कोरोना टेष्ट गराएकी थिइन् । तर, उनको रिपोर्ट नेगेटिभ आएको थियो ।
अभिनेता रणवीरलाई कोरोना पुष्टि भएसँगै समय–समयमा आलियाले पनि कोरोना टेष्ट गराइरहेकी छन् । यता अभिनेता रणवीरलाई फिल्म ‘ब्रह्मास्त्र’को सेटबाट कोरोना संक्रमण भएको बताइएको छ ।
आयान मुखर्जीको निर्देशनमा बनिरहेको ‘ब्रह्मास्त्र’लाई पुनः एक पटक होल्डमा राखिएको छ । अब यस फिल्ममा रणवीरको हिस्सा मात्रै सुट हुन बाँकी रहेको छ । अब रणवीर ठीक नभइञ्जेलसम्मका लागि फिल्मको सुट नहुने बताइएको छ । रणवीर र आलियाको यो पहिलो फिल्म हो ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।