काठमाडौं, ४ चैत । चलचित्र ‘बाबरी’ मा अभिनेता धिरज मगर प्रवेश भएका छन् ।बाबरी फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘बाबरी’को छायांकनको केही समय बाँकी रहेको समयमा धिरज भित्रिएका हुन् । यस अगाडि यो चलचित्रमा गायक नितेशजंग कुँवरको मुख्य भूमिका रहने भएको थियो ।
चलचित्रको छायांकन चैत्रको २० गतेबाट सुरु हुँदैछ । नितेशले निर्माणपक्षसँगको सहमतीमै चलचित्र छाडेपछि धिरजले साइन गरेका हुन् । हाल धिरज चलचित्र ‘आई एम ट्वान्टी वान’को बाँकी केही दृश्यको छायांकनका लागि व्यस्त छन् ।
चलचित्रमा अब अभिनेता धिरज मगर र अभिनेत्री अदिती वुढाथोकीको अभिनय रहनेछ । चलचित्रमा नायिका नृत्ती नाडकरका छोरा धिरज टोटलानीले पनि काम गर्दैछन् ।
चलचित्रको छायांकन नेपाल र सिक्किममा हुनेछ । यो चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गर्दैछन् ।
चलचित्र ‘कृ’मा काम गरेकी अदितीको यो दोश्रो चलचित्र हो ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।