काठमाडौं, ४ चैत । चलचित्र ‘सम्हालिन्छ कहिले मन’को छायांकन सकिएको छ ।अभिनेत्री पूजा शर्मा, अभिनेता आकाश श्रेष्ठ र सोनम तोप्देनको मुख्य भूमिका रहेको यो चलचित्रको दुबइका विभिन्न स्थानमा केही दृश्य र गीतको छायांकन गरिदै छायांकनको काम पूर्ण रुपमा सकिएको बताइएको छ ।
चलचित्रको छायांकन लण्डन, नेपालको मुस्ताङ र दुबइमा गरिएको छ । चलचित्रमा गौरी मल्ल, सरोज खनाल, धिरेन शाक्यको पनि मुख्य भूमिका छ । यो चलचित्रलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् ।
चलचित्रमा अर्जुन पोखरेल र ताराप्रकाश लिम्बुले संगीत भरेका छन् भने, कविराज गहतराजको कोरियोग्राफी, महेश दवाडीको कथा, सौरभ लामाको छायांकन छ ।
अमित बस्नेतको लगानीमा बनेको चलचित्रमा परी राना र अजितकुमार थापा सह–निर्माताको रुपमा छन् । चलचित्रका कार्यकारी निर्माता सनिष खकुरेल हुन् ।
२ बर्ष अगाडिबाट छायांकन सुरु भएको चलचित्र ‘सम्हालिन्छ कहिले मन’ आउँदो बर्षको भदौ १८ गतेबाट रिलिज हुने निर्माणपक्षले जानकारी दिएको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।