काठमाडौं, ४ चैत । अब ६० वर्ष पुगेका चलचित्र पत्रकारले मासिक ६ हजार भत्ता पाउने भएको छ ।चलचित्र पत्रकार संघ नेपालले २१ औं वार्षिक साधारण सभाको अवसरमा चलचित्र पत्रकारका लागि ‘कल्याणकारी कोष’ स्थापना गर्ने भएको छ।
६० वर्ष उमेर पुगेका चलचित्र पत्रकारलाई मासिक ६ हजार रूपैयाँ सुरक्षा भत्ता दिने योजना अनुसार कोष घोषणा गरेको संघले जनाएको छ ।
आगामी जेठ ७ गते स्थापना दिवसको अवसरमा कल्याणकारी कोषको औपचारिक रूपमा सुरु गर्ने बताइएको छ ।
संघले कल्याणकारी कोषको खाता संचालनमा ल्याइसकेको छ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।