काठमाडौं, ११ चैत । चलचित्र ‘प्रसाद २’को छायांकन कलाकारको समय नमिल्दा रोकिएको जनाइएको छ ।अभिनेत्री नम्रता श्रेष्ठको समय मिल्न नसक्दा चलचित्रको छायांकन सुरु हुन समस्या भएको बताइएको छ ।
नम्रताले विनय श्रेष्ठसँग एक नयाँ चलचित्रमा काम गर्दैछिन् । यसको लागि नम्रताले वैशाख र जेठको समय दिनुपर्नेछ ।
‘प्रसाद २’मा मुख्य भूमिका रहने निर्देशक निश्चल बस्नेतले पनि चलचित्र ‘जिन्दाबाद’को छायांकन सुरु गर्ने तयारी थालेका छन् ।
यो चलचित्रलाई सौरभ चौधरीले निर्देशन गर्दैछन् । चलचित्रको कथा सुशिल पौडेलले लेखेका हुन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।