काठमाडौं, ११ चैत । अभिनेता पल शाह र अभिनत्री मलिका महत्तलाई केन्द्र मोशन पिक्चर्सले नयाँ सम्झौतामा बाँधेको छ ।अब, पल र मलिकाले ६ महिनासम्म केन्द्र मोशनमा मात्र काम गर्नुपर्ने भएको छ । केन्द्र मोशनले ६ महिनामा १० वटा भिडियो बनाउने गरि पल र मलिकासँग सम्झौता गरेको जनाइएको छ ।
अब पल र मलिकाले अलग–अलग रुपमा अन्य कम्पनीका भिडियो गर्न नपाउने भएको छ।
यो भन्दा अगाडि पल र मलिकालाई लिएर केन्द्र मोशन पिक्चर्सले दुई वटा म्यूजिक भिडियो बनाएको थियो । ‘फुलबुट्टे सारीको महिला भर्सन र टाढा भएपनि’ बोलको गीतमा पल र मलिकाले काम गरेका थिए ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।