काठमाडौं, १३ चैत । नेश्नल ईन्टरटेन्मेन्ट अवार्ड प्राप्त गीत ‘माया पलायो’को म्युजिक भिडियो रिलिज गरिएको छ ।
लोक–पप गीत अन्तर्गत बेस्ट लिरिक्स अवार्ड हात पार्न सफल ‘माया पलायो’गीतको भिडियो धनकुटा खबरको अफिसियल युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो ।
धनकुटा खबरले ‘चट्ट कपाल कोरेर’ गीत सार्वजनिक गरेको केही समयपछि ‘माया पलायो’ गीतको भिडियो सार्बजनिक गरेको हो ।
धनकुटाका पर्यटकीय स्थलहरुको प्रचार–प्रसारमा समेत टेवा पु¥याउने लक्ष्यका साथ संसारीमाई सिमसार क्षेत्र पाख्रीबास तालतलैया, राम्चे भ्यूटावर र कृषी फर्मको विभिन्न रमणीय दृष्यलाई भिडियोमा समावेश गरिएको छ ।
सार्वजनिक ‘माया पलायो’ गीतको रिङब्याक टोनका लागि सीआरबीटी, पीआरबीटीलगायत पनि एक्टिभ गरिसकिएको प्रोडक्सन म्यानेजर मोहन राईले जानकारी दिए ।
सञ्चारकर्मीसमेत रहेका धनकुटाको पाख्रीबासका विष्णु विक्रम निरौलाको शब्द, सम्पादन र निर्देशन रहेको उक्त गीतमा अस्मिता अधिकारी र विशाल निरौलाको आवाज रहेको छ ।
यमके निरौलाको संगीत रहेको यस गीतमा विशाल निरौलाको एरेञ्ज र मिक्सिङ रहेको छ । सार्वजनिक गीतको भिडियोमा सुमन योगी र सिम्रन कार्की फिचर्ड छन् ।
भिडियोमा सुमन र सिम्रनलाई नुमामफुङ लिम्वु, आस्था भुजेल, करुण लिम्वु, सुजन राई, पुष्पराज तामाङ र स्वीकृती योगीले साथ दिएका छन् ।
प्रनेश राई (यात्री ब्रोज)ले क्यामेरामा कैद गरेका उक्त भिडियोमा सुमन योगीको नृत्य निर्देशन रहेको छ । अघिल्लो गीतलाई जस्तै यस गीतलाई पनि दर्शकहरुले साथ दिने उत्पादक टिमले अपेक्षा गरेको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।