एजेन्सी, १७ चैत । बलिउड अभिनेता अजय देवगणलाई कुटेको भिडियो सामाजिक संजालमा भाइरल भैरहेको छ ।भाइरल भिडियो अनुसार अजयको दिल्लीको एक पवको बाहिर भएको झगडामा मानिसहरुले उनलाई कुटेका थिए । तर उनले भने सामाजिक संजालमा उक्त् भिडियो शेयर गरी झुटो भन्दै स्पष्टिकरण दिएका छन् ।
अजयले आफू जस्तै देखिने मानिस समस्यामा परेको बताएका छन्। उनलाई यो भिडियोलाई लिएर थुप्रै फोन आइरहेको जनाएका छन् ।
अजयले आफूले दिल्लीको यात्रा नगरेको स्पष्ट पारेका छन्। आफ्नो बारेमा चलिरहेको कुनै पनि विवादमा आफू समावेश नभएको भन्दै उनले ह्याप्पी होली भनेका छन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।