काठमाडौं, १७ चैत । चलचित्र ‘चिसो मान्छे’ को सम्पूर्ण छायांकन सकिएको छ ।फागुन १७ गते मुहूर्त गर्दै ललितपुरबाट सुरु गरिएको चलचित्रको छायांकन २७ दिनमा सकिएको हो ।
दीपेन्द्र के. खनालद्वारा निर्देशित फिल्म ‘चिसो मान्छे’ को छायांकन गएको शनिवार बझाङ पुगेर सकिएको जनाइएको छ। यस चलचित्रमा अभिनेता अर्पण थापा र अभिनत्री स्वस्तिमा खड्काको मुख्य भूमिका छ ।
चलचित्रलाई सर्मिला पाण्डेले निर्माण गरेकी हुन् । यस चलचित्रमा अर्पण र स्वस्तिमासँगै देशभक्त खनाल, आशान्त शर्मा, झकेन बीसी लगायतका कलाकारको पनि अभिनय रहेको छ ।
प्रदर्शन मिति भदौ ११ गतेलाई तोकिएको चलचित्रको कथा, पटकथा, संवाद र छायांकन निर्देशक खनाल आफैले गरेका हुन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।