काठमाडौं । साउथका सुपरस्टार प्रभाष स्टारर् ‘बाहुबली–२’ले ४ वर्ष पूरा गरेको छ । यो फिल्मलाई एसएस राजामौलीले बनाएका थिए । सुपरहिट साबित भएको ‘बाहुबली–२’ हाइएस्ट ग्रान्सिङ फिल्म थियो ।
यो फिल्मले (ओपनिङ–डे’ रिलिजको पहिलो दिन नै १ सय २१ करोड भारतीय रुपैयाको कमाई गरेको थियो । उक्त फिल्ममा प्रभाषलाई निकै रुचाइएको थियो, भने उनको अभिनयको जताततै सराहना (प्रशंसा) गरिएको थियो । यो फिल्मको लागि सुपरस्टार प्रभाषले पनि निकै मिहेनत गरेका थिए । फिल्ममा अभिनेत्री अनुष्का शेट्टी पनि मुख्य भूमिकामा थिइन् ।
‘बाहुबली–२’का लागि पूरै पाँच वर्ष खर्चिए प्रभाष !
आईएमडीबीका अनुसार सुपरस्टार प्रभाषले यस फिल्मको तयारीका लागि आफ्नो म्यारिज प्लानसमेत पोष्टपोन्ड (स्थगित) गर्नुपरेको थियो । प्रभाषले पूरै पाँच वर्षसम्म यस फिल्मको लागि आफूले आफूलाई डेडिकेट गरेका थिए ।
त्यतिखेर ‘प्रभाषले अभिनेत्री अनुष्का शेट्टीसँग विवाह गर्नेवालामा छन्’, भन्ने समाचारहरु आएका थिए । तर, उनले आफ्नो म्यारिज प्लानलाई स्थगित गरेर ‘बाहुबली–२’ कै लागि फोकस गरेका थिए ।
त्यसोत, यो फिल्मको सबै भन्दा बढी क्लाइमेक्सको चर्चा भएको थियो । फिल्मको उक्त क्लाइमेक्समा ३० करोड भारतीय रुपैया खर्च भएको थियो । फिल्मको बारेमा अन्य कुरा गर्नुपर्दा सुपरस्टार प्रभाषले आफ्नो लूकका लागि २०१४ मा डब्ल्यूडब्ल्यूडब्ल्यूईका सुपरस्टार अन्डरटेकरसँग दैनिक डाइट र वर्कआउटको बारेमा जानकारी लिएका थिए ।
श्रीदेवीलाई कुन भूमिकाको लागि अफर गरिएको थियो ?
ब्लकबस्टर ‘बाहुबली–२’मा राजमाताको भूमिकाको लागि श्रीदेवीलाई अफर गरिएको थियो । उक्त भूमिकाको लागि श्रीदेवीले दश करोड भारतीय रुपैयाको पारिश्रमिक माग गरेकी थिइन् । तर, पछिबाट राम्य क्रिश्ननले फिल्ममा राजमाता शिवगामीको भूमिका निभाएकी थिइन् । फिल्ममा राम्य क्रिश्ननको कामका निकै तारिफ गरिएको थियो ।
प्रभाषको ‘बाहुबली–२’ बलिउडकै पहिलो फिल्म हो, जुन ९ हजार बढी स्क्रिन्समा रिलिज गरिएको थियो । एडभान्स बुकिङको आधारमा पनि ‘बाहुबली–२’ सबै भन्दा अगाडि थियो । त्यस्तै ‘बाहुबली–२’ पहिलो भारतीय फिल्म हो, जुन अमेरिकामा पनि ८०० भन्दा बढी स्क्रिनमा रिलिज गरिएको थियो ।
प्रभाषको आगामी फिल्म
‘बाहुबली’ सिरिजपछि सुपरस्टार प्रभाषको २०१९ ‘साहो’ फिल्म रिलिजमा आएको थियो । यो फिल्ममा प्रभाषसँगै श्रद्धा कपूर, ज्याकी श्रफ, नील नितिन मुकेश, अरुण विजय, चंकी पाण्डेलगायत मुख्य भूमिकामा थिए ।
यो फिल्ममा समावेश ‘साइको सैया’ गीतले राम्रो चर्चा कमाएको थियो । तर, फिल्मले भने खासै चर्चा कमाउन सकेन । ‘साहो’ले अल इन्डिया सेयरबाट १८६ करोड भारतीय रुपैयाको कमाई गरेको थियो, भने वल्र्डवाइड सेयरबाट २३० करोड भारतीय रुपैया कमाइ गरेको थियो ।
‘साहो’ फिल्मपछि प्रभाषको अन्य कुनै पनि फिल्म रिलिजमा आएको छैन । हाल प्रभाषसँग तीन वटा फिल्महरु ‘राधे श्याम’, ‘अदिपुरुष’ र ‘सलार’ रहेका छन् । ‘राधे श्याम’फिल्ममा प्रभाषलाई अभिनेत्री पूजा हेग्डेसँग देख्न पाउनेछौं । यो फिल्मलाई राधा कृष्ण कुमारले निर्देशन गरेका हुन् ।
त्यस्तै, ओम राउतको ‘अदिपुरुष’ मा पनि प्रभाषलाई देख्न पाउनेछौं । यो फिल्ममा प्रभाषको अपोजिटमा कुन अभिनेत्री छन् भन्ने कुरा चाँहि खुलासा गरिएको छैन । यो मलायलम मिथोलोजी फिल्म हो । त्यस्तै, प्रशान्थ नीलको ‘सलार’मा पनि प्रभाष देखिदैछन् ।
(विभिन्न एजेन्सीको सहयोगमा)
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।