काठमाडौं । अनलाइन नेपाली रमाइलो जोक्स प्रतियोगिताको फस्ट अडिसन सुरु भएको छ । २५ जना प्रतिस्पर्धी रहेका प्रतियोगिताबाट दोस्रो चरणमा उत्कृष्ट १२ प्रतिस्पर्धी छानिने रिदम स्क्रिनका निर्देशक कमल राईले जानकारी दिए ।
निर्देशक राईका अनुसार प्रतियोगिताबाट हरेक साता २ जना प्रतिस्पर्धीलाई बिदा गर्दै निर्खार्दै लैजाने योजना रहेको छ । निर्देशक राईका अनुसार पहिलो चरणको अडिसनको करिब १ घण्टा लामो भिडियोमा झापाका मनिष आचार्य, सिन्धुपाल्चोकका मनिष भण्डारी, काठमाडौँका मनिष भण्डारी, मोरङका मनोज पराजुली, मुस्कान गौतम, सिक्किमका नन्दु कुमार शर्माको प्रस्तुति रहेको छ ।
त्यस्तै अन्य प्रतिस्पर्धीहरुमा निशाल अर्याल, निटराज खतिवडा, प्रविन खड्का, प्रदीप पाण्डे, प्रकाश पाण्डे, सुलभ भट्राई, टेक साउद, अनिल राई, अनुप बराल, अर्जुन पुन मगर, विश्व राई, दिक्षन्त श्रेष्ठ, इभान खड्का, किसान तामाङ, कृष्ण आचार्य, लक्ष्मण गिरी, माधव भट्टराई, महेश खनाल रहेका छन् ।
जुलाईमा फाइनल हुने यस प्रतियोगिताका निर्णायकहरुमा बुद्धि तामाङ (हैट), अमेरिकमा रहेका अभिनेता भानु तिवारी र सिक्किममा रहेका दिलिप गुरुङ रहेका छन् ।
रिदम स्क्रिनले अनलाइन नेपाली रमाइलो जोक्स प्रतियोगिताको भिडियो लाइक शेयर कमेन्ट गर्ने दर्शकहरुलाई समर्थकका रुपमा पुरस्कृत गर्ने जनाएको छ । निर्देशक राईका अनुसार सामाजिक सञ्जालमा रमाइलो जोक्सका भिडियो सेयर गर्ने सर्मथकहरुमध्ये २ जनालाई नगद रु ५÷५ हजारका दरले पुरस्कृत गरिनेछ ।
त्यस्तै बेस्ट पर्मपरलाई रु १० हजार र आर्कषक उपहार उपलब्ध गराइनेछ भने प्रथम, द्धित्तीय र तृतीय हुनेलाई क्रमश ३ लाख, २ लाख र १ लाख नगद उपलब्ध गराइने निर्देशक राईले जानकारी दिए ।
कोरोनाको समयमा विश्व नै लकडाउनले थलिएका बेला संसारभर रहेका नेपालीहरुलाई थोरै भएपनि मनोरञ्जन होस् भन्ने हिसाबले यो रमाइलो मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरिएको निर्देशक राईले बताए ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।