
काठमाडौं । लेखक तथा गीतकार नारायण नेपालको शब्द रहेको नयाँ गीत डिजिटल बजारमा आएको छ । ‘सङ्गै मिली’ बोलको गीतमा गायक तथा सङ्गीतकर्मी सूर्य राई दनुवारको स्वर रहेको छ ।
त्यस्तैगरी उक्त गीतमा बिकास चौधरीले संगीत गरेका छन् । कृपा टिभी नामक युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको म्युजिक भिडियोमा विजय केसी र मोनिका राय लगायतको अभिनय रहेको छ ।
उक्त भिडियो कृष्ण भट्टराई र राज कुमारले निर्माण गरेका हुन् भने भरत केसीले निर्देशन गरेका हुन् ।
(भिडियाे)
[embedded content]
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।