काठमाडौं । बलिउड अभिनेता कार्तिक आर्यानलाई अर्का एक चर्चित निर्देशकले पनि आफ्नो आगामी फिल्मबाट किनारा लगाएका छन् । करण जोहर र शाहरुख खानको फिल्मपछि अभिनेता कार्तिक आर्यनलाई चर्चित निर्देशक आनन्द एल रायको फिल्मबाट पनि आउट गरिएको हो ।
यस अगाडि कार्तिकलाई दोस्ताना–२ र शाहरुख खानको ब्यानरमा बन्दै गरेको फिल्मबाट निकालिएको थियो । रिपोर्टका अनुसार निर्देशक आनन्द एल रायले अभिनेता कार्तिक आर्यनसँग एक ग्याङ्गस्टार फिल्मको लागि हात मिलाउने वालामा थिए । उक्त फिल्मको एक्शन कट आनन्द एल रायका असिस्टेन्टले गर्नेवालामा थिए ।
यसबारे निर्देशक आनन्द एल रायले सफाइ दिदै भनेका छन्, ‘अहिले म धेरै अभिनेताहरुसँग चर्चामा छु । म सँग कयौं कहानी छन् । तर कुनै अभिनेतासँग भेट्दा फिल्ममा साइन गराएको भन्ने हुदैन ।’
बलिउड लाइफका अनुसार निर्देशक आनन्द एल रायले सो फिल्मका लागि अभिनेता कार्तिक आर्यनको ठाउँमा आयुष्मान खुरानालाई लिने फैसला गरेका छन् । त्यसोत, आयुष्मान खुरानाले यस अगाडि पनि आनन्द एल रायको ब्यानरमा काम गरिसकेका छन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।