काठमाडौं । चलचित्र निर्माता संघले फिल्मकर्मीलाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउन स्वास्थ्यमन्त्री शेरबहादुर तामाङसँग माग गरेको छ ।
चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले स्वास्थ्यमन्त्री तामाङलाई ज्ञापन–पत्र बुझाउँदै करिब ५ हजार फिल्मकर्मीलाई खोप उपलब्ध गराउन माग गरेका हुन् ।
खोप उपलब्ध गराएपछि राज्यका विभिन्न निकायसँग सहकार्य गर्दै अग्रपंक्तिमा खटिएर कोरोना महामारी रोकथा तथा नियन्त्रणका लागि फिल्मकर्मीले अझै गहन भूमिका खेल्नसक्ने निर्माता संघका अध्यक्ष अधिकारीको भनाइ छ ।
त्यसोत यस अगावै चलचित्र विकास बोर्डले पनि करिब तीन हजार फिल्मकर्मीलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन माग गरेको थियो ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।