एजेन्सी । गायिका ब्रिटनी स्पेयर्सले पीताको संरक्षकता (कन्जरवेटरशिप)बाट अलग हुन चाहेकी छन् । कन्जरवेटरशीप अमेरिकामा संरक्षकताको एक कानूनी अवधारणा हो ।
जुन मानसिक रुपले आफ्नो स्याहार गर्न नसक्ने व्यक्तिलाई फाइदा हुने गरि यो कानुन निर्माण गरिएको हो । त्यति मात्रै नभइ कन्जरवेटरशीप लिने व्यक्तिसँग कन्जरवेटरशिपमा रहेका व्यकतिको कानूनी, आर्थिक र व्यक्तिगत निर्णयसँग जोडिएका सबै अधिकार दिइएको हुन्छ । तर गायिका ब्रिटनी स्पेयर्समा मानसिक रुपले आफूलाई स्याहार गर्न नसक्ने अवस्था छैन ।
उनीसँग घरसहित हाल करिब ४ सय ४५ करोड रुपैंयाँ सम्पत्ति रहेको छ । यो अवस्थामा रहदा रहदै पनि उनी बुबाबाट कानुनी रुपमा संरक्षकता अर्थात कन्जरवेटरशीपमा रहेकी छन् ।
उनको बुबाको संरक्षकतामा उनी २००८ देखि नै रहेकी छन् । उनले बुबाको संरक्षकताबाट अलग हुन लसएञ्जल्सस्थित अदालतमा करिब २० मिनेटको बयान समेत दिएकी छन् ।
उनले भनेका कुरा उदृत गर्दै अमेरिकाको समाचार माध्यमहरुले भनेका छन्, ‘कन्जरभेटरशिप निकै खराब हुने बताउछिन् । ‘म सुत्न पाएको छैन । हरेक दिन रुन्छु । म मेरो पिताको संरक्षणबाट स्वतन्त्रता चाहन्छु।’
ब्रिटिनी र उनको बुबाबीच अहिले विवाद हुँदै आएको बुझिएको छ । उनले बुधबार अदालतमाल बयान दिदै गर्दा अत्यन्तै भावुक बनेको बताइएको छ । उनले रुँदै यो कानूनी व्यवस्थालाई ट्रामा र डिप्रेस गर्ने किसिमको बताएको खुलेको छ ।
उनले आफू खुसी नभएको र अमानवीय व्यवहार भएकोले आफू दिनरात रोइकराईको अवस्थामा रहेको बताएकी थिइन् । उनले धेरै विवादमा परेपछि अरुले नशालु औषधि सेवन गर्ने, हत्या गर्नेसम्मको स्थितीम पुगेका कारण सन २००८ मा उनले बुबालाई संरक्षकताको रुपमा नियुक्त गरेकी थिइन ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।