काठमाडौं । आदित्य नारायण झा आफूलाई एक संघर्षरत संगीतकार भन्न रुचाउँछन्।
आदित्य नारायणले भने ‘मआफूलाई एक सफल टिभी व्यक्तित्व भन्नु भन्दा राम्रो संघर्षरत संगीतकार भन्न रुचाउँछु। उनी आजकल इन्डियन आइडल १२ को होस्ट गर्दैछन्। उनी यहाँसम्म आइपुग्नको लागि त्यति सजिलो थिएन।
गायक उदित नारायण झाका छोरा आदित्य भारातीय टिभी इन्डस्ट्रीका सबैभन्दा लोकप्रिय होस्ट हुन्। उनले अहिलेसम्म धेरै ठूला रियलिटी कार्यक्रमहरू आयोजना गरिसकेका छन्। उनले टिभीमा पहिलो गायन रियलिटी शो सारेगामापा होस्ट गरेका थिए।
एक अन्तर्वार्तामा आदित्यले आफ्नो पहिलो कमाइको बारेमा भनेका छन् । उनले बलिउड लाइफसँग कुरा गर्दै भने जब मैले १८ वर्षको उमेरमा सारेगामापा कार्यक्रम चलाएर टिभीमा डेब्यू गरेको थिएँ, तब मैले ७ हजार ५०० ( नेपाली रुपैयौँ ११हजार ९९९)पाएको थिएँ । त्यस समयमा उक्त पैसा मेरो लागि ठूलो थियो। त्यसैले अहिले जब तिनीहरू आउँछन् र मलाई करोडौं रूपैयाँ प्रस्ताव गर्छन्, म उनीहरूलाई हुन्न भन्न साह्रै दुःख लाग्छ।
आदित्यले लन्डनबाट संगीतको अध्ययन गरे । भारत फर्केपछि उनले फिल्म शपितमा मुख्य अभिनेताको रूपमा काम गरे। योसंगै उनले सारागामापाको होस्टिंग सुरू गरे। उनले आफ्नो भर्खरको अन्तर्वार्तामा अब होस्टिंग नगर्ने बताएका छन् । टाइम्स अफ इन्डियासँगको कुराकानीमा उनले भने, ‘एक उद्घोषणको रुपमा इन्डियन टेलिभिजनमा सन् २०२२ मेरो अन्तिम वर्ष हुनेछ । त्यसपछि म उद्घोषण गर्ने छैन । अब केही ठूलो गर्ने समय आइसकेको छ । म आफ्नो पुरानो बाचाले बाँधिएको छु जुन म अबको केही महिनामा नै पूरा गर्नेछु । इन्डष्ट्रिसँग मेरो निकै राम्रो सम्बन्ध छ ।’
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।