एजेन्सी । बलिउड अभिनेत्री शिल्पा शेट्टीका पती तथा व्यापारी राज कुन्द्राको पोर्नोग्राफी मुद्दामा बयान दिन मोडल नायिका तथा मोडल शर्लिन चोपडा मुम्बई क्राइम ब्रान्च पुगेकी छिन् ।
अश्लिल चलचित्र बनाउने गरेको आरोप लागेका राज कुन्द्रामाथि नायिका तथा मोडल शर्लिन चोपडाले आफूमाथि सेक्सूअल ह्यारेसमेन्ट गरेको आरोप लगाएकी छिन् ।
सन् २०१९ मार्च २७ मा भएको विजनेश मिटिङको बहसलाई लिएर जानकारी विना राज शर्लिनको घरमा पुगेको बयान उनले दिएकी छिन् । राजले आफूलाई जर्बजस्ती चुम्बन गर्न खोजेको आरोप समेत शर्लिनले लगाएकी छिन् ।उनले राज एक विवाहित पुरुष भएकाले कुनै सम्बन्ध नराखेकी बयान दिइन्।
राज कुन्द्रालाई अदालतले १४ दिन न्यायिक हिरासतमा राख्न आदेश दिएको छ । उनले जमानतका लागि गरेको आग्रहलाई समेत अदालतले खारेज गरेको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।