काठमाडौं । थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत अभिनेत्री एवं मोडल निशा घिमिरेको अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ । मंगलबार (आज) अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा अभिनेत्री निशाको अवस्थामा खासै सुधार नभएको जानकारी दिइएको हो ।
उपचारमा संलग्न डा. पंकज जलानले ३ महिनामा पनि अभनेत्री निशाको स्वास्थ्यमा खासै सुधार नआएको जानकारी गराए । त्यस्तै डाक्टर जलानले उपचारमा नेपाल र नर्भिक अस्पतालमा उपलब्ध सबै प्रविधि, सीप तथा विधिको प्रयोग गरिएतापनि अभिनेत्री निशाको स्वास्थ्यमा सुधार नदेखिएको बताए ।
त्यस्तै निशाको उपचारमा हालसम्म ५० लाख खर्च भएको समेत अस्पतालले जनाएको छ । उपचारका लागि नर्भिक अस्पतालले कसैबाट पनि सहयोग नलिएको समेत स्पष्ट पारेको छ । निशाको दुर्घटनामा ब्रेन इन्जुरी भएको र त्यसको अवस्था निकै जटिल रहेको पूर्णरुपमा सामान्य हुने अवस्था नरहेको पनि डाक्टर जलानले बताएका छन् ।
३ वर्षअघि भारतको देहरादूनमा सवारी दुर्घटनामा परेर अभिनेत्री निशा गम्भीर घाइते भएकी थिइन् । नर्भिक अस्पतालकी प्रबन्ध निर्देशक मेघा चौधरीले अभिनेत्री निशाको नाजुक अवस्था देखेपछि गत जेठ २७ गते उद्दार गरी नर्भिक अस्पतालमा निःशुल्क उपचार सुरु गराएकी थिइन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।