काठमाडौं । बलिउडका सुपरस्टार सलमान खानले एउटा फिल्म गरेबापत् थोरैमा पनि ५० करोडदेखि माथि पारिश्रमिक लिने गरेका छन् । स–साना लगानीकर्ता (फिल्म मेकर)का लागि सलमान खानलाई आफ्नो फिल्ममा कास्ट गर्नु एक सपना जस्तै हो । तर, दबांग खानले करियरको सुरुवातमा कति पारिश्रमिक लिएका थिए ? भन्ने सबैको चासोको विषय बनेको छ ।
यो थियो सलमान खानको पहिलो फिल्म
सलमान खानले सन् १९८८ मा दर्शकमाझ रिलिजमा आएको फिल्म ‘बीवी हो तो ऐसी’मार्फत् आफ्नो करियर सुरु गरेका थिए । सो फिल्ममा रेखा, फारुख शेख र बिन्दूलगायतका चर्चित कलाकार पनि मुख्य भूमिकामा थिए । फिल्ममा सलमान खानले फारुख शेखको भाईको भूमिका निभाएका थिए ।
त्यस्तै, सन् १९८९ मा सलमान खानले सुरुज बडजात्याको फिल्म ‘मैने प्यार किया’मा काम गरेका थिए । त्यसपछि हालसम्म बलिउडमा सलमान खानकै हालीमुहाली चल्दै आएको छ, भन्दा पनि फरक नपर्ला ।
कति थियो पहिलो पारिश्रमिक ?
सलमान खानको डेब्यू फिल्म बक्स अफिसमा जबरदस्त हिट भएको थियो । डीएनएको एक रिपोर्टका अनुसार सलमान खानले आफ्नो पहिलो फिल्मको लागि ११ हजार भारु पारिश्रमिक लिएका थिए । रिपोर्टका अनुसार सलमान खान आफैले एक अन्तर्वार्तामा आफ्नो पहिलो पारिश्रमिकबारे खुलासा गरेका थिए ।
आफ्नै कपडा लगाएर गर्थे सुटिङ!
सलमान खानले ‘बीवी है तो ऐसी’मा एक सानो रोल गरेका थिए, जसको लागि उनलाई ११ हजार भारु दिइएको थियो । यो नै उनको पहिलो पेमेन्ट (पारिश्रमिक) थियो ।
केही रिपोर्टका अनुसार सो फिल्मको सुटिङका लागि सलमान खानले आफ्नै कपडा लगाएर जाने गर्दथे । सुटिङ सेटमा उनलाई कुनै पनि आउटफिट दिइदैनथ्यो ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।