काठमाडौं । रचनाकार विनोद चालिसेद्वारा रचनाबद्ध कविता तथा गीतिसंग्रह ‘तिम्रो आँखाको आकाश’ र ‘मनको धुन’ को विमोचन गरिएको छ । नेपाली काँग्रेसका यूवा नेता गगन थापा, श्रवण मुकारुम, संगीतकार सुरेश अधिकारी, प्राज्ञ प्रयागराज भट्टराई, वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाललगायतको उपस्थितिमा उक्त कविता तथा गीतिसंग्रह विमोचन गरिएको हो ।
४० वटा कबिता सङ्ग्रह गरिएको पुस्तक पैरबी बूकले प्रकासन गर्नुका साथै बिमोचन कार्यक्रमको संयोजन गरेको हो । युबा कवि केशव पाठकले कविता सङ्ग्रहको सुन्दर कविता सुन्दर वाणी ले वाचन गरेका थिए ।
उक्त गीति एल्बममा ‘भएछु म अँगारसरी’, ‘विदेश जाउ’, ‘के गरौ कसो गरौ’, ‘सुन्नु छैन’ र ‘वर पर’ बोलको गीतहरु समावेश छ । गीतमा शब्द रचना विनोद चालिसे र संगीत शशि विक्रम थापा र ज्ञानकुमार खड्काको रहेको छ ।
गीतमा स्वरुपराज आचार्य, शशी विक्रम थापा, मेलीना राई, ज्ञानकुमार खड्का र कृष्णकुमार खड्काको सुमधुर स्वर रहेको छ । कार्यक्रममा नेता थापाले गीति एल्बममा समेटिएका गीत कर्णप्रिय रहेको बताए ।
उनले शब्द र संगीत उत्तिकै सशक्त रहेको बताए । त्यस्तै प्राज्ञ प्रयागराज भट्टराईले कविता संग्रहमाथी टिप्पणी तथा समालोचना गरे । कार्यक्रममा संगीतकार सुरेश अधिकारीले भाषा संगीत बाँचेसम्म श्रष्टा बाँच्ने बताउँदै संगीत कलाको आयु अनन्त रहेको बताए ।
कार्यक्रमको सभापतित्व चन्द्रप्रकास सिवाकोटीले गरेका थिए भने कार्यक्रमको संचालन वरिष्ठ साहित्यकार विसु कुमार केसीले गरेका थिए ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।