काठमाडौं । सानै उमेरदेखि गीत सांगितमा रमाउदै आएकी सुष्मा अधिकारी पछिल्लो समय नेपाली म्युजिक भिडियो क्षेत्रकी चिरपचिरित अनुहार हुन् ।
कैलालीको धनगढीमा बुवा गंगाधर अधिकारी र आमा मनुकुमारी अधिकारीको कोखबाट मिति २०४७ मंसिर १७ गते जन्मिएकी अधिकारीले हाल सम्म करिब ४०० गीतमा सफल अभिनय गरीसकेकी छन् ।
पञ्चोदय उच्च माध्यमिक विद्यालय धनगढीबाट प्रारम्भीक शिक्षा हासिल गरेकी सुष्माले काठमाडौं विश्वविद्यालयबाट स्नातक सम्मको अध्ययन गरेकी छन् ।
शुरुवाती दिनमा गीतसंगीत सँगसँगै खेलकुदमा समेत विशेष रुची राख्ने सुष्मा कुनै बेला राम्रो ब्याडमिन्टन खेलाडी समेत थिइन् । तर उनले आफ्नो खेललाई राष्ट्रिय स्तरसम्म पुर्याउन सकिनन् ।
किनकी उनको शोकीनको विषय ग्लैमरस दुनियाँ थियो, र त्यसैमा रमाउन थालिन् र आफ्नो रोजाई यसैलाई बनाएर अगाडि बढिन् । आज शुष्माअधिकारी नेपाली साँगीतिक क्षेत्रकी एक उज्वल नक्षेत्रको रुपमा नेपाली सांगितिक बजारमा चम्कीनु खोज्दै छन् ।
‘रोग हो की दोष हो’ नामक गीतबाट नेपाली साँगीतिक क्षेत्रमा पाईला टेकेकी सुष्माले आज सम्म साँगीतिक क्षेत्रबाट पछाडी फर्केर हेर्नु परेको छैन। म्युजिक भिडियो संगै नेपाली फिल्मी क्षेत्रमा समेत नायिकाको रुपमा आफुलाई चिनाउन सफल भएकी छिन् ।
सुष्माले केहि नेपाली र भोजपुरी चलचित्रमा समेत अभिनय गरेकी छिन् । कञ्चन शाहीको चलचित्रअनौठो प्रेम कथाबाट सुष्मा अधिकारीले नेपाली चलचित्र क्षेत्रमा डेब्यू गरेकी हुन् । झण्डै आधा दर्जन चलचित्रमा अभिनय गरीसकेकी शुष्माले चलचित्र जय मधेशमाू गरेको अभिनय तारीफयोग्य छ।
यस चलचित्रवाट उनले धेरे दर्शक स्रोताको मन जितेकी थिईन। तर पछिल्ले समय आफुले भिडियो छनौट गरेर मात्रे अभिनय गर्ने गरेको शुष्मा बताउछिन् । नयाँ नयाँ ठाउको भ्रमण गर्न र फुर्सदको समयमा पुस्तक पढ्न रुचाउने शुष्मा को सरल व्यावहारको कारण पनी उनि यो क्षेत्रमा टिकेकी छिन् ।
शुष्माले केहि म्युजिक भिडियो बाट राष्ट्रिय र अन्र्तराष्ट्रिय अवार्ड समेत हात पारेकी छिन् । सन् २०१९ मा दोहा कतारमा आयोजना भएको स्टार ईन्टरनेशनल अवार्ड, नेशनल वक्स अफिस उत्कृष्ट महिला मोडल म्युजिक भिडियो अवार्ड, उत्कृष्ट आधुनिक गीत महिला मोडल पब्लिक च्वाईस अवार्ड, सन् २०१८ मा मलेसीयामा आयोजना भएको नेपाल म्युजिक भिडियो अवार्ड,नेपाल म्युजिक अवार्ड २०७४, २०१७ मा लोक गीत मार्फत उत्कृष्ट महिला मोडल अवार्ड, ओएस नेपाल द्धारा पप गीत मार्फत उत्कृष्ट महिला म्युजिक भिडियो अवार्ड लगायतका थुप्रै अवार्ड समेत हात पारेकी छन् ।
शुष्माले अभिनयसंगै देश तथा विदेशमा आयोजना भएका विभिन्न सांगीतिक कार्यक्रमहरुमा समेत आफ्नो उत्कृष्ट प्रस्तुति मार्फत धेरे दर्शक स्रोताको मन जितेकी छिन् । शुष्माले अष्ट्रेलीया, लण्डन,दुवई, कतार, मलेसिया, थाईल्याण्ड, ईजरायल लयागतका धेरै देशमा आफ्नोा प्रस्तुति मार्फत विदेशमा रहेका नेपालीको समेत मन जितिसकेकी छिन् ।
यसरी निरन्तरको मेहनत, दुस्ख, र संघर्ष वाट अगाडी वढेकी शुष्माले नेपाली साँगीतिक क्षेत्रमा आफुलाई एक अव्वल नायिका र मोडलको रुपमा आफुलाई स्थापित गरेकी छिन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।